Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महासंघ काठमाडौँ शाखाको १२ औ अधिवेशन शुरु

३० शुक्रबार , चैत्र २०८०६ महिना अगाडि

महासंघ काठमाडौँ शाखाको १२ औ अधिवेशन शुरु

नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको १२ औ अधिवेशन शुरु भएको छ । काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा कार्यक्रम शुरु भएको हो ।

नेपाल सरकारको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि शर्माले पत्रकार हकहितका लागि मन्त्रालयले उल्लेखनीय भूमिका खेल्ने बताउदै काठमाडौँ शाखाको १२ औ अधिवेशन भव्यताका साथ सम्पन्न होस् भनि शुभकामना दिएकी थिइन् ।

त्यस्तै मन्त्री शर्माले मिडिया काउन्सिल सम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको र आजको बैठकबाट नै त्यसलाई पारित गरिने जानकारी गराएकी छन्  ।

शुक्रबार बिहान शुरु भएको उक्त अधिवेशनमा बिभिन्न सञ्‍चार गृहका सञ्‍चारकर्मीहरुलाई विविध विधाका पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेललगायत प्रेस चौतारी, प्रेस युनियन, प्रेस संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।