Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सिन्धुलीमा कुकर बम विस्फोट

२९ बिहिबार , चैत्र २०८०६ महिना अगाडि

सिन्धुलीमा कुकर बम विस्फोट

गएराति सिन्धुलीको कमलामाई नगरपालिका–४ मा कुकर बम विस्फोट भएको छ । राति करिब १ बजेतिर कमलामाई नगरपालिका–४ स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको हो ।  प्रहरीले जनाएको छ ।

विस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । विस्फोट गरिएको ठाउँ वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिएको तर विस्फोट गर्नेहरू अहिलेसम्म पक्राउ नपरेका बताईएको छ ।

यसअघि २ चैतमा पनि सिन्धुलीकै सुनकोशी गाउँपालिका–१ दुम्जामा नेपाल टेलिकमको टावरमा बम विस्फोट भएको थियो भने टावरमा खासै क्षेती भएको थिएन ।