Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु पक्राउ

२९ बिहिबार , चैत्र २०८०६ महिना अगाडि

नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु पक्राउ

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मानव बेचबिखन अभियोगमा पक्राउ गरिएको हो ।

अध्यक्ष घलेलाई मानव बेचविखन विरुद्धको कसुरमा पक्राउ गरेको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिएका छन् । यसअघि २०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

उनले नेपाली महिलाहरूलाई कुवेत पठाई दिने भनी श्रीलङ्का पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । पीडित जाहेरवालाका अनुसार अध्यक्ष घले समेतका व्यक्तिहरूले कुवेतमा मासिक नेपाली रुपैयाँ २८ हजार तलब पाइने लोभ देखाई राहदानीसमेत आफ्नै खर्चमा बनाई दिएको बताईएको छ ।

उक्त घटनामा संलग्न अन्य दुई जना फरार रहेको बताईएको छ । ब्युरोका अनुसार घलेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।