Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राप्रपालाई तीन दिनभित्र उपस्थित हुन महानगरको पत्र

२९ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

राप्रपालाई तीन दिनभित्र उपस्थित हुन महानगरको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तीन दिनभित्र उपस्थित हुन काठमाडौँ महानगरपालिकाले पत्र काटेको छ । महानगरले राप्रपाले आन्दोलनको क्रममा जथाभाबी फोहोर गरेको भन्दै तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो ।

यहि चैत २७ को राप्रपा पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिका अन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको हुँदा उक्त विषयमा छलफल गर्न पत्र प्राप्त भएको मितिले तीन दिन भित्र कार्यालयमा उपस्थित हुन महानगरले पत्रमा उल्लेख गरेको छ ।

राप्रपाका कार्यकर्ताले पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र जथाभाबी फोहोर गरेर सडकलाई कुरूप बनाउने काम गरेको कारण उक्त विषयमा छलफल गर्न महानगरले राप्रपालाई पत्र पठाएको बताईएको छ ।