Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज ईद पर्व, मुलुकभर सार्वजनिक विदा

२९ बिहिबार , चैत्र २०८०६ महिना अगाडि

आज ईद पर्व, मुलुकभर सार्वजनिक विदा

एक महिनासम्मको रमजान पर्व पछी मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदलाई इस्लामिक धर्मावलम्बीहरूले ठुलो पर्वको रुपमा धुमधामका साथ् मनाउने गर्दछन  ।

यो पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गरिन्छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको छ । ईद पर्वमा अल्लाहका नाममा नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

धार्मिक परम्परामा ईद मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । ईदको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।