Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिस्का जात्राको पहिलो दिन भैरवनाथको रथ भाँचियो

२९ बिहिबार , चैत्र २०८०६ महिना अगाडि

बिस्का जात्राको पहिलो दिन भैरवनाथको रथ भाँचियो

बिस्का जात्राको अवसरमा पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न शुरू गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन भैरवनाथको रथ भाँचिएको हो ।

मंगलबार दिउँसो ३ बजेदेखि तान्न शुरू गरिएको रथ निरन्तर १३ घण्टासम्म तानेर दत्तात्रयसम्म पुर्‍याइएको र बुधबार बिहान रथ फर्काएर सुकुलढोकामा ल्याइएको बेला रथ भाँचिएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिएकि हुन् । जथाभाबी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीको भनाइ रहेको छ ।

रथको मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको र रथमा धेरै क्षति पुगेकाले मर्मत कार्य भईरहेको छ । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्नेछ । चैत ३० गते ल्यासिंखेलमा लिंगो उठाउनु अगाडि रथ जसरी पनि गःहिटी पुर्‍याउन पर्ने मान्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिक रूपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले बताएकि छन् ।

मंगलबार राति नै रथलाई गःहिटी पुर्‍याएर पूजा गर्नुपर्ने थियो । नियम अनुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पुर्‍याएपछि मात्रै लिंगो उठाउने कार्य शुरू गरिने परम्परा रहेको छ । वैशाख १ गते लिंगो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा समेत रहेको छ ।