Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार

२८ बुधबार , चैत्र २०८०६ महिना अगाडि

पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार

पोखरादेखि मुक्तिनाथसम्म संसारकै लामाे यात्रुवाहक केवलकार निर्माण गर्नका लागि वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । मुक्तिनाथ दर्शन प्रालिले केवलकार निर्माणका लागि अध्ययन प्रतिवेदन तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डलाइ बुझाएको छ ।

दर्शन प्रालिले तयार पारेकाे उक्त प्रतिवेदन अनुासर कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म झण्डै ८२ किलोमिटर केवलकार निर्माण हुने बताइएकाे छ । यदि उक्त केवलकार निर्माण भए नेपालमा मात्रै नभएर संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार हुनेछ ।

डिपीआरमा केवलकार निर्माणका लागि लगभग ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।