Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आगो निभाउने क्रममा घाइते भएका तीन सेनाको मृत्यु

२८ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

आगो निभाउने क्रममा घाइते भएका तीन सेनाको मृत्यु

डोल्पा जिल्लाको ठुलिभेरी नगरपालिका-४ स्थित मष्टा सामुदायिक वनमा लागेकाे आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको छ । आगोले जलेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

उपचारको क्रममा मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा रहेका छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौँको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको बताइएकाे छ ।

उक्त आगलागि घटनामा घाइते भएका ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमा उपचार भइरहेको  नेपाली सेनाले जानकारी दिएको छ ।