Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लाइफलाइन अस्पतालमा आगलागी करोडाैँको क्षति

२८ बुधबार , चैत्र २०८०६ महिना अगाडि

लाइफलाइन अस्पतालमा आगलागी करोडाैँको क्षति

झापाको दमकस्थित लाइफलाइन अस्पतालमा गएराति आगलागी हुँदा कराेडाैँकाे क्षति भएकाे छ । अस्पताल नजिकै रहेकाे एक स्थानियकाे घरबाट सल्केकाे आगो लाइफलाइन अस्पताल सहित अन्य तीन घरमा फैलिएकाे हाे ।

लाइफलाइन अस्पतालसहित स्थानीय तीन घरमा मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको बताइएकाे छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट आगो सल्किदा अन्य तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री जलेर नष्ट भएकाे छ । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीयकाे भनाइ रहेकाे छ ।

आगो नियन्त्रणका लागि दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले सहयाेग गरेका थिए ।