Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

वेस्टइन्डिज र नेपालबीच हुने खेलको तालिका सार्वजनिक

२७ मंगलबार , चैत्र २०८०६ महिना अगाडि

वेस्टइन्डिज र नेपालबीच हुने खेलको तालिका सार्वजनिक

टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिल, दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुने बताईएको छ । उक्त खेलहरु सबै टीयु क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो भने नेपालले जुनमा हुने टी-२० विश्वकप अघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।