Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कर्णालीको मुख्यमन्त्रीमा कँडेलको दाबी पेश

२७ मंगलबार , चैत्र २०८०६ महिना अगाडि

कर्णालीको मुख्यमन्त्रीमा कँडेलको दाबी पेश

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेश गर्ने भएका छन् । तत्कालीन मुख्यमन्त्री राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका हुन् ।  

कर्णाली प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मंगलबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि सत्ता गठबन्धनबाट नेता कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न लागेको बताईएको छ ।

नयाँ सरकार गठनका लागि दिएको म्याद आज मंगलबार सकिँदैछ । यसअघि नै कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनमा सहमति भइसकेकाले एमाले संसदीय दलका नेता कँडेलले माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारि गरेका हुन् ।

प्रदेश सभामा ४० सदस्यीय रहेकोमा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवस्यक पर्छ । प्रदेशसभामा एमालेका १०, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सांसद छन् भने नेपाली कांग्रेसका १४, राप्रपा र स्वतन्त्रबाट १/१ जना सांसद रहेका छन् ।