Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि बिस्केट जात्रा सुरु हुने

२७ मंगलबार , चैत्र २०८०६ महिना अगाडि

आजदेखि बिस्केट जात्रा सुरु हुने

भक्तपुर । प्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरू भएको छ । हरेक नयाँवर्षमा भक्तपुरवासीले आठ रात, नौ दिनसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा नेपाली धर्मसंस्कृतिको अनुपम जात्रा मानिन्छ ।
बिस्केट जात्रा भैरवको रथ तानेर सुरू गरिन्छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । नयाँ वर्ष वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएपछि साँझ लिङ्गो ढालिन्छ । जात्रामा भैरव र भद्रकालीको रथ नचाइन्छ ।
टौमढीस्थित पाँचतले मन्दिर न्यातपोल प्राङ्गणमा एक महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण भइसकेको छ । यो जात्राका लागि गुठी संस्थानले ४० लाख बजेट दिएको सार्वजनिक भइसकेको छ । भक्तपुरको बिस्केट जात्रामा दुई टोलवीच भीडन्तसमेत हुने र कहिले कहिले अप्रिय घटना घट्ने गर्छ ।
सडक बालकको कथा भारतको फिल्म महोत्सवमा
काठमाडौं । नेपाली फिल्म नेपालमै चल्न गाह्रो छ । एकाध फिल्ममात्र हिट हुन्छन्, आम्दानी गर्छन् । अधिकांश फिल्म कतिपयका सौख पूरा गर्न बन्छन् र ल्फप हुन्छन् । नेपाली दर्शक पनि विदेशी फिल्म हेर्न हेर्ने लतमा परिसकेका छन् । नेपालका शासक, बुद्धिजीवी, समाजशास्त्रीहरूले नेपाली धर्म, संस्कृति, भाषा, भेषमा अतिक्रमण हुँदै गएकोमा चिन्ता गरेको देखिदैन ।
फिल्म पाउलो । नेपालका अधिकांश सडक बालकको प्रतिनिधिमूलक कथा । भारतको फिल्म महोत्सवमा नेपालको लघुफिल्म ’पाउलो’ (द शुज) छानिएको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुँदैछ । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । लघुचलचित्र ‘पाउलो’ पशुपति परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरूदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ ।