Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सर्वपक्षीय संवादको आह्वान

२७ मंगलबार , चैत्र २०८०६ महिना अगाडि

सर्वपक्षीय संवादको आह्वान

अचम्म- राजतन्त्रको राजधानीमा बिरोध, जुम्लामा स्वागत । राप्रपाका जुम्ली सांसद ज्ञानेन्द्रबहादुर शाहीले पूर्वराजाको स्वागत समितिमा आफू नबसेर कांग्रेस, एमाले, माओवादी र अन्य दलका नेतालाई समावेश गरेर पूर्वराजाको भव्य स्वागत गराउन सफल भएका छन् ।
जुम्ला पुगेर राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा उठाएर अत्यधिक मतका साथ चुनाव जितेर संसद पुगेका ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो एजेण्डा राष्ट्रका एजेण्डा हुन्, जुम्ला एकमत रहेको जनशक्ति देखाइदिएका छन् । जुम्लामा देखिएको जनताको बाढीले लगाएको ‘राजा आउ देश बचाउ’ भन्ने नाराले सिङ्गो राष्ट्र, राजनीति, कूटनीति तरङ्गित हुनपुगेको छ । पूर्वराजाले यही सभाबाट असफल भइसकेका राजनीतिक दलहरूलाई सर्वपक्षीय सम्वादको माध्यममा आउन आह्वान पनि गर्नुभएको छ ।
प्रशासनले अनुमति दिएन, नगरपालिकाले हुन्न भन्यो तर जुम्लाका जनता आएपछि प्रशासन र नगरपालिकाले कुनै कारवाही गर्न सकेन । पूर्वराजाको भव्य स्वागत भयो । पूर्वराजाले जुम्लाबाट संवोधन गर्दै भन्नुभएको छ– ‘अब सुध्रौ, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ सम्वाद, वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहको गत शनिवारको यो जुम्ला, खलङ्गा संवोधन सहमति र सहकार्यको नयाँ मार्गचित्र मानिएको छ । निषेध र विभेदको बन्दी भएर स्वार्थको राजनीति गर्नेहरूले यो मार्गचित्रलाई मानेनन् भने जनआँधी आउने सन्देश जुम्लाले दिएको छ ।
पूर्वराजाले भन्नुभएको छ– ‘परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संमयको पांग्रा सधैं आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन । अपार सम्पदा हुँदाहुँदैै पनि देश परनिर्भरतातिर गइरहको, देश छाडेर विदेशमा ताप र पीडा खप्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । पूर्वराजाको दार्शनिक शैलीको सन्देश वास्तवमै परिपक्व अभिभावकीय दायित्वका साथ आएको विश्लेषकहरूले ठानेका छन् । हुन त पूर्वराजा झापा, सुनसरीदेखि तराई, बाँके, बर्दिया, सुर्खेत र राजधानीकै भक्तपुर पुग्दा अपार जनआकर्षण देखिएको थियो । जनताले राजतन्त्र खोजेकै हुन भन्ने विश्वास जगाउन, जनअपेक्षा सार्वजनिक गर्न जनता सफल थिए ।
लोकतन्त्रमा जनताको समर्थन र सम्मानलाई राजनीतिक शक्ति मानिने गर्छ । यस दृष्टिले हेर्दा नेपालमा राजतन्त्र सबै पार्टी वा नेताभन्दा लोकप्रिय देखिन्छ । यसकारण पनि पूर्वराजाले आह्वान गरेको संवाद र सर्वपक्षीय सम्मेलन गरेर अघि बढ्ने प्रस्ताव सामयिक देखिन्छ ।
सम्बोधनको पूर्ण पाठ–
उपस्थित महिला तथा सज्जनवृन्द,
प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलंगामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा म गौरब अनुभव गर्दछु । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ। साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर हो । नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिंजा सभ्यताको केन्द्रस्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलंगामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ेतिहासिक तथ्य भेटिन्छ ।
अनेकौंै अग्ला चुचुरा, भीर, पाखा, खाेंच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला कर्णाली, तिला र सिँजा नदीद्धारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ । नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकाटे सम्मको व्यापारिक पहचँु राख्ने यो क्षेत्र– खेतीपाती, भेडा, चौरी र घोडा पालनका हिसाबले महत्वपूर्ण रह्यो । कालो मार्सि धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पती जन्य जडीबुटी जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन् ।
कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ – हामी यहाँका वासिन्दा अत्यन्तै सहदवी, अत्यन्त कर्मनिष्ट र परस्परमा अत्यन्त आत्मीय छौं । आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठूलो बल हो। अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरबप्रति आस्था नै हाम्रो ठूलो पूँजी हो ।
कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ । आज देश कता जाँदैछ, तपाईहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गईरहेका छौं आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ तर खानका लागि काम खोज्न हामी भौतारिइ राखेका छौं । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर स्वै त्यसैले म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौ, देश बनाउनका लागि उठी र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं । यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठीनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम शीप र श्रोतको सहि उपयोग जुम्लाले गर्न पाएको छैन । राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफु जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पनर्,े अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ । आज हिजो होइन हामी आफै बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भएपनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधै आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन । अब सुधौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरांै नयाँ समझदारी, नयाँ सम्बाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ । अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्न‘ हुने तपाई आयोजकहरू र यसक्षेत्रका उत्साहपूर्ण उपस्थितीका लागि सबैमा धन्यवाद । जय नेपाल ।
२०८० चैत्र २४ गते, जुम्ला खलंगा