Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

छोराको कारण आमालाई पनि भ्रष्टाचार मुद्दा

२६ सोमबार , चैत्र २०८०२ बर्ष अगाडि

छोराको कारण आमालाई पनि भ्रष्टाचार मुद्दा

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले घुस लिएर उनकी आमाका नाममा जग्गा किनेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 
आयोगले इन्जिनियर सरोजले गैरकानुनी सम्पत्ति कमाएको भन्दै उनकी आमालाई पनि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सरोजले उनकी आमा जनक नन्दनी भट्टराईको नाममा गुण्डुमा २–९–०–१ र ०–२–१–० क्षेत्रफल भएको जग्गा खरिद गरेको आयोगको आरोपपत्रमा उल्लेख गरेको छ । साथै,बिक्रेताको बैंक खातामा सरोजकै खाताबाट रकम जम्मा गरेको बैंक भौचरबाट देखिएको समेत आरोपपत्रमा उल्लेख छ ।

इन्जिनियर सरोजले लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस मागेको आयोगको दाबी छ । सरोजले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस मागी आमा जनकनन्दनीको नाममा जग्गा खरिद गरेको आयोगको आरोप छ । आयोगले सरोजलाई ८० लाख रूपैयाँ बिगो, कैद सजाय, जरिवाना मागदाबी गरेको छ ।

आयोगले उक्त खरिद गरिएको जग्गासमेत जफतको लागि मागदाबी लिइएको छ भने सरोजकी आमालाई समेत मुख्य कसुरदार मान्दै ८० लाख रूपैयाँ बिगो, जरिवाना, कैद सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।