Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज खग्रास सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

२६ सोमबार , चैत्र २०८०६ महिना अगाडि

आज खग्रास सूर्यग्रहण लाग्दै, नेपालबाट नदेखिने

आज खग्रास सूर्यग्रहण लाग्ने भएपनि नेपालबाट नदेखिने भएको छ । खगोलविदहरुका अनुसार नेपालबाट नदेखिने खग्रास सूर्यग्रहणले अमेरिकामा भने दिउँसै अँध्यारो हुने बताईएको छ ।

आजको खग्रास सूर्यग्रहणको असर नेपालमा नपर्ने र नेपालबाट नदेखिने वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले बताएका छन् ।

उनले सूर्यग्रहण अमेरिकामा देखिने र मेक्सिको, क्यानडा लगायतका ठाउँमा यसको प्रभाव पर्ने भएपनि नेपालसहित एसियाली मुलुकमा भने सूर्यग्रहणको असर नदेखिने बताईएको छ । यसअघि गत वैशाख ७ र असोज २७ गते लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।

सूर्य,चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा सूर्यग्रहण लाग्ने र यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले केही समयका लागि कुनै खास क्षेत्रमा अन्धकार हुने गर्दछ । यसलाई नै सुर्य ग्रहण भनिन्छ ।