Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आरतीको मृत्युबारे थप अनुसन्धान गर्न डीआईजीको टीम जनकपुरमा

२६ सोमबार , चैत्र २०८०२ बर्ष अगाडि

आरतीको मृत्युबारे थप अनुसन्धान गर्न डीआईजीको टीम जनकपुरमा

आरती साहको मृत्युबारे थप अनुसन्धान गर्न छानबिन गर्न गठित डीआईजी उमेशराज जोशी नेतृत्वको टीम जनकपुर पुगेर काम शुरु गरेको छ । शङ्कास्पद रूपमा मृत फेला परेकी आरती साहको मृत्युबारे थप अनुसन्धान गर्न टीम जनकपुर पुगेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामाको टिम  जनकपुर पुगेर काम शुरु गरेको र उनीहरुले ४५ दिनभित्र घटनाबारेको छानबिन र थप अनुसन्धान प्रतिवेदन बुझाउने बताईएको छ ।

गृह मन्त्रालय र पीडित परिवारको बिच गएको फागुन ३० गते थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको र गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।

धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा २०८० जेठ ७ गते आरती साह शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् । परिवारद्वारा दाइजोका लागि छोरीको हत्या भएको दाबी गर्दै उनको न्यायका लागि सुरुमा स्थानीय तहका न्यायिक निकायमा पुगेका आरातिका माईति पक्षले त्यहाबाट न्याय नपाउने देखेपछी संघिय राजधानी काठमाडौँको सडकमा अनसन बसेर न्याय माग्दै आएका थिए ।