Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अब १ घण्टामै श्रम स्वीकृति पाउने

२६ सोमबार , चैत्र २०८०६ महिना अगाडि

अब १ घण्टामै श्रम स्वीकृति पाउने

अब वैदेशिक रोजगारमा जाने श्रमिकले १ घण्टामै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले १ घण्टामै श्रम स्वीकृति पाउने बताएका हुन् ।  

मन्त्री अर्यालले श्रम कार्यालय ताहाचलमा पत्रकार सम्मेलन गर्दै श्रम स्वीकृतिका लागि आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिने बताउदै कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको १ घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको बताए ।

उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने अवस्था रहेको बताएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सम्पूर्ण कागजहरू अनलाइनबाट पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउन सक्ने पनि मन्त्री अर्यालले दावी गरेका छन् ।

पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नरहेको बताउदै मन्त्री अर्यालले डकुमेन्टमा शङ्का लागेमा रिजेक्सनमा राख्ने र त्यसको लागि आवश्यक प्रविधि र कम्प्युटर लगायत अन्य कुरामा सुधार गरिरहेको बताए । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म दुई सिफ्टमा काम भइरहेको पनि उनको भनाइ छ ।

मन्त्री अर्यालले पहिलो पटक यो प्रयास सुरुवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताएका छन् । वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको  अन्त्य भएको घोषणा गर्दै उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने दाबी गरे ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगी रोक्नको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने पनि मन्त्री अर्यालले विश्वास रहेको छ । वैदेशिक रोजगारमा रहेको बिमा, स्वास्थ्य, अभिमुखीकरणलगायत अन्य कुनै पनि विषयमा सिन्डिकेट लाग्न नदिने उनको भनाई छ ।