Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज घोडेजात्रा उपत्यकामा सार्वजनिक बिदा

२६ सोमबार , चैत्र २०८०२ बर्ष अगाडि

आज घोडेजात्रा उपत्यकामा सार्वजनिक बिदा

हरेक वर्ष झैँ यसवर्ष पनि चैत्र कृष्ण औँसीका दिन मनाउने घोडेजात्रा पर्व मनाइँदैछ । सरकारले घोडेजात्रा पर्वको अवसरमा उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।

घोडेजात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा बिबिध कार्यक्रम सहित युद्धकला लगायतको प्रदर्शन गर्ने गर्दछन । टुँडिखेलको उक्त विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुनेछ ।

टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरेको तर, राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहेकोले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो भन्ने जनविश्वास रहेको छ ।

त्यस्तै आजकै दिन ललितपुरमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ । हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाईने ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ ।

त्यसपछि भीमसेन गुठीका गुठियारले विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा समेत गरिने परम्परा रहेको छ ।