Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अनुमति नलिएका शिक्षण संस्थामा बालबालिका भर्ना नगर्न अनुरोध

२६ सोमबार , चैत्र २०८०२ बर्ष अगाडि

अनुमति नलिएका शिक्षण संस्थामा बालबालिका भर्ना नगर्न अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति विना नेपालमा सञ्चालन भइरहेका विदेशी शिक्षण संस्थामा आफ्ना बालबालिका भर्ना नगर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै उक्त अनुरोध गरेको हो ।

केहि निजी विद्यालयले अनुमति विना विदेशी कार्यक्रम सञ्चालन गरेर अभिभावकसँग चर्को शुल्क असुलिरहेको गुनासो आएपछि मन्त्रालयले कारबाही प्रक्रिया अगाडि बढाएको बताईएको छ । मन्त्रालयले सूचीकृत नभएका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाएको सुचनामा स्पष्ट पारेको छ ।

मन्त्रालयको अनुमति विना आईबी, सीबीएसई लगायत विदेशी शिक्षण संस्था सञ्चालन भइरहेका भनी विभिन्न गुनासो आइरहेकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको र सूचीकृत शिक्षण संस्थाको सूची सार्वजनिक गरिएको सुचनामा भनिएको छ । सूचीकृत विद्यालयहरू बाहेकका शिक्षण संस्थाहरूलाई प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिरहेकाले आफ्ना बालबालिकालाई भर्ना नगर्न आग्रह गरिएको छ ।

मन्त्रालयको अनुमति लिएका ४९ शिक्षण संस्थाहरूमध्ये ३० वटा ए-लेभल (बेलायत), २ वटा इन्टरनेसनल ब्याकलरियट (स्वीट्जरल्याण्ड), १३ वटा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (भारत) र ४ वटा कूटनीतिक नियोगको सिफारिसमा सञ्चालित रहेको मन्त्रालयद्वारा सार्वजनिक सूचीमा उल्लेख गरेको छ ।