Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महानगर भित्र गरिब घरपरिवार गणना सुरु

२५ आइतबार , चैत्र २०८०७ महिना अगाडि

महानगर भित्र गरिब घरपरिवार गणना सुरु

आजदेखि काठमाडौँ महानगरपालिका भित्र गरिब घरपरिवार गणना सुरु भएको छ । महानगरपालिकाले २ सय ९ गणक खटाएर तथ्याङ्क सङ्कलन शुरु गरेको हो ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले महानगरपालिका भित्रका गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार गरिब घरपरिवार गणना गर्न शुरु  गरेको बताईएको छ । बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार गणना सुरु भएको हो ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार एक जना गणकले एक महिनामा कम्तीमा २ सय ५० घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएकाको र सबैभन्दा धेरै गणक वडा नं १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।

सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले देशका ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र वितरण गरिसकेको र १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको बताएको छ ।

मन्त्रालयले काठमाडौँ महानगरभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने जनाएको छ । यसअघि २०७० सालमा २३ वटा जिल्लाबाट गरिब तथ्याङ्क सङ्कलन शुरु गरिएको थियो ।