Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एसएमएस फ्रेन्डसिप कप उपाधिका लागि नेपालले गुजरातसँग खेल्ने

२५ आइतबार , चैत्र २०८०७ महिना अगाडि

एसएमएस फ्रेन्डसिप कप उपाधिका लागि नेपालले गुजरातसँग खेल्ने

गुजरातको साई मेघपन क्रिकेट मैदानमा आज एसएमएस फ्रेन्डसिप कप उपाधिका लागि नेपालले गुजरातसँग प्रतिस्पर्धा गर्दैछ । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी-ट्वेन्टी क्रिकेटको अन्तिम खेलमा उपाधिका लागि नेपालले गुजरातसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच दिउँसो प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगीतामा नेपाल र गुजरातबीचको यो खेल तेस्रो खेल हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो ।

त्रिकोणात्मक खेलमा नेपालले गुजरातलाई पहिलो खेलमा ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । शुक्रबारको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित हुन् पुगेको भयो ।

उक्त त्रिकोणात्मक खेलमा नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ भने गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको थियो । तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्ने तयारीमा छ ।

त्यसैगरी अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता हुने र प्रिमियर कपको विजेताले टी-२० विश्वकपपछि हुने एसिया कपमा खेल्न पाउनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको र त्यतैबाट नेपाली टोली ओमान जाने बताईएको छ ।