Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विद्यार्थी भर्नाका लागि छात्रवृत्ति कोटा निर्धारण गर्न अनुरोध

२३ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

विद्यार्थी भर्नाका लागि छात्रवृत्ति कोटा निर्धारण गर्न अनुरोध

निजी (संस्थागत) विद्यालयलाई छात्रवृत्तिको कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छात्रवृत्तिको कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरेको हो ।

मन्त्रालयले विद्यार्थी भर्ना भइसकेपछि कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका बालबालिका छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको जनाउदै भर्नापछि छात्रवृत्ति दिने प्रवृत्तिले शुल्क तिर्न नसकी भर्ना नहुने अवस्था सिर्जना हुने र छात्रवृत्तिको पहुँच बाहिर हुने स्थिति देखापरेको बताएको छ ।

मन्त्रालयले विद्यार्थी भर्नाकै समयमा छात्रवृत्तिको संख्या छुट्याइ छात्रवृत्ति प्राप्त गर्ने बालबालिकालाई निःशुल्क भर्ना हुने व्यवस्था मिलाउन पनि स्थानीय तहहरूलाई अनुरोध गरेको हो । साथै, प्रत्येक शैक्षिक सत्रमा लिने शुल्कको प्रस्ताव स्थानीय तहमा पेश गरी स्थानीय तहबाट विद्यालयको शुल्क निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।

प्रत्येक शैक्षिक सत्रको शुल्क स्थानीय तहमा पेश गरी स्थानीय तहबाट विद्यालयको शुल्क निर्धारण गरि सोहिअनुसार मापदण्ड निर्धारण गरि सम्बन्धित स्थानीय तह र विद्यालयको वेबसाइटमार्फत शुल्क सार्वजनिक गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।