Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सफ्टवेयरमा स्तरोन्नति,विभाग धाउनुपर्ने बाध्यताको अन्त्य

२३ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

सफ्टवेयरमा स्तरोन्नति,विभाग धाउनुपर्ने बाध्यताको अन्त्य

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागको सफ्टवेयरमा स्तरोन्नति गरिएसँगै व्यक्ति आफैँ उपस्थित हुनुपर्नेबाहेकका सेवामा विभागसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बिहीबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सुधारिएको सफ्टवेयरको शुभारम्भ गरेसँगै उक्त  बाध्यताको अन्त्य भएको हो ।

नयाँ मोड्युलमार्फत समस्यामा परेका नेपालीले आफ्नो राहदानी नम्बर र जन्ममिति प्रयोग गरी नजिकैको नेपाली राजदूतावास वा नियोगको वेबसाइटमार्फत समस्याबारे सहजै जानकारी गराउन सकिने बताईएको छ । कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले समस्या राखिसकेपछि यसको सम्बोधनबारे पनि वेबसाइटबाट हेर्न मिल्ने मोड्युलमा बनाइएको बताएका छन् । 

पासपोर्ट नम्बर र जन्ममिति भए पुग्ने बेग्लै युजर आइडी,पासवर्ड नचाहिने आफू बसेको ठाउँबाटै सेवाग्राहीले यो सुविधा प्रयोग गर्न सक्ने भएकाले प्रयोग गर्न सजिलो र दूतावाससम्म जानुपर्ने बाध्यताको अन्त्यसँगै स्रोत–साधन र समय बचत हुने पनि महानिर्देशक पौडेलको भनाई छ ।

आफ्नो गुनासो वा उजुरीमा के–कति प्रगति भएको छ भन्ने विषयमा वेबसाइटबाटै थाहा पाउन सकिने भएकाले दूतवासमा फोन वा कुनै प्रकारको सम्पर्क गर्न आवस्यक नपर्ने र दूतावासबाट पनि सेवाग्राहीको समस्यालाई अनलाइन बाटै सम्बोधन गरिने बताईएको छ ।