Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ठमेलमा तीव्र गतिमा हाँक्न र हर्न बजाउन नपाईने

२३ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

ठमेलमा तीव्र गतिमा हाँक्न र हर्न बजाउन नपाईने

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने भएको छ । उक्त स्थानमा ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो ।

ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसिक्यामेराद्वारा यसलाई निगरानी गर्ने निर्णय भएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिएका छन् । साथै  गुरुङले उक्त क्षेत्रभित्र जथाभावी हर्न बजाउने सवारीसाधनलाई कारबाही गर्ने निर्णय भएको बताए ।

यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिसकेको छ । ठमेल क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताईएको छ । ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाई समेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले जानकारी दिएका छन् ।

त्यसैगरी आज बिहानको बैठकले ठमेलभित्र पानीका ट्यांकरहरू बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको बताईएको छ । ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसिक्यामेरा जडान गरिएको छ । 

यसअघि हालसालै मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ  ।