Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सामाजिक सुरक्षा कोषद्धारा ८ अर्ब भुक्तानी

२३ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

सामाजिक सुरक्षा कोषद्धारा ८ अर्ब  भुक्तानी

योगदानकर्तालाई विभिन्न सुविधाबापत सामाजिक सुरक्षा कोषले ८ अर्बभन्दा बढी रकम भुक्तानी गरेको छ । कोषले १ लाख ३५ हजार ८ सय ४३ योगदानकर्तालाई ८ अर्ब ४८ करोड रुपैया भुक्तानी गरेको हो ।

जसमा वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ७ अर्ब २५ करोड ३३ लाख १ हजार ३ सय १८रुपैया, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार ३ सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार ५ सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा १३ करोड २८ लाख १ सय ६५ रुपैया भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा कोष प्रवक्ता विवेक पन्थीका अनुसार कोषबाट १ लाख ३५ हजार ८ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका छन् । कोषले योगदानकर्तालाई औषधी उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको बताईएको छ । कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी १२ लाख ५७ हजार ७ सय ९९ श्रमिक सूचीकृत भएका छन् भने सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सङ्ख्या बढी रहेको छ । पछिल्लो समय सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन अनिवार्य गरेको छ ।

१८ हजार ८ सय १९ रोजगारदता आबद्ध कोषमा २०८० चैत्र २२ गतेसम्म औपचारिक क्षेत्रका ४ लाख ९१ हजार २ सय २३, वैदेशिक क्षेत्रका ७ लाख ६६ हजार २ सय ४३, अनौपचारिक क्षेत्रका २ सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना कोषमा सूचीकृत भएको जनाएको छ ।