Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्राधिकरणले दियो सडक बत्तीको लाइन काट्ने चेतावनी

२३ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

प्राधिकरणले दियो सडक बत्तीको लाइन काट्ने चेतावनी

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्तीको लाइन जुनसुकै बेला काट्ने सक्ने चेतावनी दिएको छ । प्राधिकरणले आज सूचना जारी गर्दै बक्यौता रकम नतिर्ने स्थानीय तहको सडक बत्तीको लाइन जुनसुकै बेला काट्न सकिने चेतावनी दिएको हो ।

प्राधिकरणले बक्यौता रकम भुक्तानी गर्न स्थानीय तहलाई सार्वजनिक सूचना सहित आग्रह गर्दै यदि त्यसो नगरे जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो । गत चैत १६ गते सार्वजनिक सूचनामार्फत सबै स्थानीय तहलाई सडक बत्ती प्रयोग गरेवापतको बक्यौता महसुल भुक्तानी गर्न प्राधिकरणले आग्रह गरेको थियो ।

प्राधिकरणले आग्रह गरेपछि केही स्थानीय तहबाट रीतपूर्वक ग्राहक बन्ने कार्य भई सडक बत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

तर,कतिपय स्थानीय तहले प्राधिकरणको सूचनालाई बेवास्ता गरिएकाले त्यस्ता स्थानीय तहमा रहेका सडक बत्तीको विद्युत् लाइन जुनसुकै बेला काटिने प्राधिकरणले चेतावनी दिएको हो । सूचनालाई बेवास्ता गर्ने स्थानीय तहको सडक बत्तीको लाइन काटिने बताउदै त्यसबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमा माग्दै चेतावनी दिएको हो ।