Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आव्हान

२२ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आव्हान

नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुख इन्दिरा रानाले आव्हान गरेकी छन् । काठमाडौँमा आयोजित रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उक्त आव्हान गरेकी हुन् ।

हिजो साँझ एशोसिएशनको कार्यक्रममा उपसभामुख रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायी आव्हान गर्दै निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्नेभन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताएकि छन् । उनले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पुर्‍याउन सके नेपाली युवाहरुलाई धेरैभन्दा धेरै रोजगारी दिन सकिने बताइन् ।

होटल तथा रेष्टुरेण्टहरुमा बढीभन्दा बढी अर्गानिक खानेकुराको प्रयोग गर्न आग्रह गर्दै उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा एशोसिएशनका नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले एशोसिएशनको विधान संशोधन गरी देशभर फैल्याउने योजना रहेको बताए । उनले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६/७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउन नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गरेका छन् ।