Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनको मूल्य १८ दिनमा ९ हजार बढेर १ लाख ३४ हजार पुग्यो

२२ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

सुनको मूल्य १८ दिनमा ९ हजार बढेर १ लाख ३४ हजार पुग्यो

नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्दै १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गएको १८ दिनमा सुनको मूल्यमा करिब ९ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

आज बिहीबार साताको पाँचौं दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेर छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । हिजो बुधबारको तुलनामा आज सुनको तोलामा १ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम गरेको हो ।

सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ पुग्दा चाँदीको मूल्य १ हजार ६५० रुपैयाँमा कारोबार भएको बताईएको छ ।

चैत ६ गते तोलाको १ लाख २५ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य २२ गते १ लाख ३४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।