Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल प्रहरी १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

२२ बिहिबार , चैत्र २०८०२ बर्ष अगाडि

नेपाल प्रहरी १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा

प्रहरी प्रधान कार्यालयको बुधबार बसेक बढुवा समितिको  बैठकले १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरेको छ । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका हुन् ।

प्रहरी प्रधान कार्यालयकाअनुसार जनपद प्रहरी समूहतर्फका १९ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका ९८ जना प्रतिस्पर्धीबाट १९ जनालाई बढुवा सिफारिस गरिएको बताईएको छ ।

डिएसपीमा बढुवा हुनेहरूमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यररत निर्मल पनेरू, इलाका प्रहरी कार्यालय ठाडादह अर्घखाँचीमा कार्यरत ऋषिराम घर्तीमगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत दिपक मल्ल लगायत छन् ।