Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालका बिभिन्न शहरमा पठाओले सेवा विस्तार गर्दै

२२ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

नेपालका बिभिन्न शहरमा पठाओले सेवा विस्तार गर्दै

काठमाडौं उपत्यका र चितवनमा सेवा सुचारु गरेको राइड सेयरिङ एप ‘पठाओ’ ले देशको बिभिन्न सहरहरुमा सेवा विस्तार गर्ने भएको छ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभरका विभिन्न शहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको हो ।

काठमाडौं र चितवनमा लोकप्रिय बनेको पठाओले कोशी, मधेश, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका मुख्य शहरहरुमा ‘बाइक राइड’ सञ्चालन गर्न लागिएको जनाएको छ । अब पठाओलाई मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार प्रदेशका मुख्य शहरहरुमा चाँडै शुरु गर्न लागिएको बताईएको छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार पठाओको सेवा अब कोशीको विराटनगर, दमक, ऊर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ भने मधेशको वीरगञ्च र जनकपुरमा सेवा सञ्चालन गरिने बताईएको छ ।

त्यसैगरी बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, नेपालगञ्ज र भैरहवा, सुदूरपश्चिमको धनगढीमा पठाओ सेवा विस्तार गरिने भएको छ । कम्पनीले भविष्यमा अन्य शहरमा पनि सेवा विस्तार गर्दै जाने बताएको छ । सेवा विस्तार गर्न लागिएको प्रदेशका मुख्य शहरमा राइडर दर्ताको प्रक्रियासमेत अघि बढिसकेको छ ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचारका लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था समेत गरेको छ । कम्पनीले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै २४सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ ।  

एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्ने बताईएको छ ।