Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख हेरफेर

२२ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख हेरफेर

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको हेरफेर गरेको छ । प्राधिकरणले दुवै अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखको हेरफेर गरेको हो ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौलालाई सरुवा गरेको छ । यसअघि निरौला नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालयका प्रमुख रहेका थिए ।

त्यसैगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा गरिएको छ । भैरहवा विमानस्थल प्रमुख रहेका हंसराज पाण्डेको प्राधिकरण मुख्यालयमा सरुवा भएको बताईएको छ । पाण्डेलाई निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।

प्राधिकरणकाे बुधवारको निर्णय अनुसार उनीहरूको सरुवा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । भुलकाअनुसार यो १२ औँ तहका कर्मचारीको नियमित सरुवा भएको बताईएको छ ।