Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल एसएमएस फ्रेन्डसिप टी-२० कपको फाइनलमा

२२ बिहिबार , चैत्र २०८०७ महिना अगाडि

नेपाल एसएमएस फ्रेन्डसिप टी-२० कपको फाइनलमा

भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा नेपालले गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ । हिँजो भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुग्न सफल भएको हो ।

एसएमएस फ्रेन्डसिप टी-२० कपमा १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाएका थिए भने अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाएका थिए । त्यसैगरी हर्ष देशाई १६ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाएका थिए ।

नेपालको तर्फबाट सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिँदा गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिएका थिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट र विवेक यादवले १ विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । ओपनर आसिफ शेखले ५१ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेल्दा कुशल भुर्तेल ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा आउट भएका थिए ।

आसिफ र कुशलले १३.३ ओभरमा १२५ रनको शतकीय साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित पौडेल ३, सन्दीप जोरा २, गुलशन झा ४, अनिल शाह शून्य र कुशल मल्ल १ रनमा आउट हुँदा प्रतिश जि.सी ४ र विवेक यादव ७ रनमा नट आउट रहेका थिए ।

गुजरातका जयमीत पटेलले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएको उक्त खेलमा आर्यन देशाई र धरुशान्त सोनीले २-२ विकेट लिएका थिए । शुक्रबार नेपालले बरोडासँग खेल्नेछ भने फाइनल खेल आइतबार हुनेछ ।