Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बिस्केटजात्रा चैत २७ गतेदेखि सुरु हुने

२१ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

बिस्केटजात्रा चैत २७ गतेदेखि सुरु हुने

हरेक वर्ष झैँ नयाँवर्षमा भक्तपुरवासीले मनाउने प्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने उक्त बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको हो ।

नयाँवर्ष सुरु हुनुभन्दा ४ दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन रहेको छ । अहिले उक्त बिस्केटजात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको बताइएको छ ।

टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा १ महिना अगाडिदेखि प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको र भैरबको रथको छाना राख्ने काम सुरु भएको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिएका छन् ।

प्रमुख वलीले अहिले भद्रकालीको रथ निर्माण सुरु भएको जानकारी दिँदै अहिलेसम्म भैरब रथ निर्माणका क्रममा विभिन्न आकारका काठ तयार गर्ने,पाङ्ग्रा जोड्ने,बिग्रिएका सामानको मर्मत गर्ने,भाँचिएका धुरा मर्मत गर्ने,चुकुल फेर्ने,बुट्टा बनाउने कार्य भइरहेको बताए ।

आगामी चैत २६ गतेसम्म रथमा रङगरोगन गरि सजाउने र चैत २७ गते सरकारी पूजा ११ बजे,सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने बताईएको छ । 

यसवर्ष बिस्केट जात्राका लागि पूजा खर्चबाहेक रथ निर्माण,डोरी,बेत,विभिन्न साइजका काठ खरिद एवं ज्याला,रथ मर्मतलगायत जात्रा सप्म्पन्न गर्न सरकारले ४० लाख रुपैयाँको बजेट विनियोजन गरेपनि जात्रामा भएको खर्चअनुसार मात्रै निकासा हुने प्रमुख वलीले जानकारी दिएका छन् ।

परम्पराअनुसार चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाई बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्र्याएपछि जात्रा सुरु हुनेछ ।