Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपालीपन झल्किने नामकरण नभए विद्यार्थी भर्ना रोक्ने चेतावनी

२१ बुधबार , चैत्र २०८०२ बर्ष अगाडि

नेपालीपन झल्किने नामकरण नभए विद्यार्थी भर्ना रोक्ने चेतावनी

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना प्रक्रिया नै रोकिदिने चेतावनी दिएको छ । महानगरले एक सूचना जारी गर्दै महानगर मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न सात दिने समय सीमा तोकेर उक्त निर्देशन दिएको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूलाई नेपालीपन झल्किने गरी विद्यालयको सात दिनभित्र नामकरण गर्न भनेको छ । आज एक सूचना जारी गर्दै महानगरले मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै महानगरले मौलिक नामकरणको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै यदि प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने चेतावनी समेत दिएको हो ।

महानगरपालिकाद्धारा जारि बिज्ञप्तिअनुसार विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र महानगरमा निवेदन दिनपर्ने उल्लेख गरिएको छ ।