Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो,वैशाख १६ गतेदेखि हुने

२१ बुधबार , चैत्र २०८०७ महिना अगाडि

स्नातक तह दोस्रो वर्षको परीक्षा सर्‍यो,वैशाख १६ गतेदेखि हुने

त्रिभुवन विश्वविद्यालयले चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको छ । त्रिविले प्राविधिक कारण देखाउदै चैत्र २८ गतेदेखि सञ्चालन हुने परीक्षा सारेको हो ।

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै परीक्षा सारेको नाताएको हो । सूचनाअनुसार वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा प्राविधिक कारणवस २०८१ वैशाख १६ गतेदेखि सञ्चालन हुने जानकारी गराएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले उक्त स्नातक तह दोस्रो वर्षको परीक्षा दिउसो १२ बजेदेखि दिउसो ३ बजेसम्म सञ्चालन हुने बताउदै परीक्षा दिनुपर्ने केही परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न छुटेकाले चैत ३० गतेभित्र क्याम्पसमा फारम बुझाउन समेत आग्रह गरेको छ ।