Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२८ जनामा कोरोना सङ्क्रमण देखियो

२१ बुधबार , चैत्र २०८०७ महिना अगाडि

२८ जनामा कोरोना सङ्क्रमण देखियो

मौसम परिवर्तन भएसँगै रुघाखोकी,ज्वरो,फ्लु सहित कोरोना भाइरस सङ्क्रमणका बिरामी देखिन थालेका छन् । पछिल्लो एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको हो ।

सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीबताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि आउने गरेको बताईएको छ ।

मौसममा परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेको भएपनि बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा नभएको अस्पतालका निर्देशक डा.युवानिधि बसौला बताउछन ।
निर्देशक डा. बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले अन्तरंग विभागमा उपचार गराइरहेका छन् ।

भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताईएको छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन् तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन् ।

कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताउदै प्रवक्ता डा बुढाथोकीले कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिएका छन् ।