Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मुगुमा मौसमी फ्लू महामारी

०४ सोमबार , माघ २०७२११ बर्ष अगाडि

मुगुका साना बालबालिकाहरु यसरी आगो बालेर वरिपरि बस्छन् र आफ्ना पढाइ सुचारु गरिरहेका छन्। तथापि यिनमा पनि मौसमी फ्लूको प्रभाव देखिन्छ। जाडो, हिउँको सिरेटो, अझै यिनीहरुसँग तातो न्यानो लुगा छैन। मौसफी फ्लूका कारण ९ जना मरिसके। फ्लूबाट बालबृद्धहरु पीडित छन्, उपचार टोली पठाउने र फ्लूबाट बचाउने अभियानमा राज्य लागेको छैन।  
कहाँ छ बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग? यो प्रश्न बेपत्ता पारिएका परिवारले सडक सडकमा उठाउन थालेका छन्। दुईवर्षमा काम फत्ते गर्न गठन भएको आयोगले सुतेर एकवर्ष खाइसक्यो, के छानबिन गरिरहेको छ, बेपत्ता परिवारले थाहा पाएका छैनन्। बेपत्ता राज्यले पारेको छ, माओवादीले पारेको छ। आयोगका एक सदस्यका अनुसार नियमावली नभएकाले काम गर्न सकिएन। नियमावली नै नबनाई आयोग गठन गर्नुले के देखिन्छ भने जनतालाई झुक्याउन आयोग गठन गरियो। आयोग अध्यक्ष मल्लिकका अनुसार कामको सुरुआतसमेत हुनसकेको छैन।