Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

संसदमा हाटा प्रवृत्ति मौलायो

२१ बुधबार , चैत्र २०८०४ महिना अगाडि

संसदमा हाटा प्रवृत्ति मौलायो

काठमाडौं । सरकारी कार्यालय, स्कूलका बिग्रेका विद्यार्थीले गर्ने भनेकै हाजिर गरेर टाप कस्ने हो । गैरजिम्मेवारीको यो छाडा प्रवृत्ति संसदमा हावी भएको छ ।
कर्मचारीको काम सेवाग्राहीलाई सेवा दिने हो । विद्यार्थीको काम पढ्ने हो तर हाजिर गरेर मनलागेका ठाउँतिर घुम्न हिड्छन् । संसदमा सांसदको काम नीति निर्माण गर्ने, संसदीय प्रकृयामा भाग लिएर कानुन बनाउने हो । तर सांसदहरू हाटा गरेर तलव भत्ता पचाउँछन्, जनताले दिएको जिम्मेवारी बखुवी निभाउँदैनन् ।
जतिसुकै महत्त्वपूर्ण विधेयक÷विषयमाथि छलफल भइरहेको होस्, कोही बोल्छन् र टाप कस्छन्, कोही शुन्य समयमा प्रश्न उठाएर हिड्छन् । यसकारण संसदमा सांसदहरू पूरा समय बस्दैनन्, संसदका कुर्सीहरू अक्सर खाली खाली देखिन्छन् ।
आफ्ना कुरा गरेर अरूका कुरा नसुन्ने र के निर्णय हुनसक्छ भनेर पनि वास्ता नगर्ने सांसदको संख्या अत्यधिक रहने गरेको छ । संसद सांसदका लागि हाटा गर्ने थलो बनेको छ । यसरी संसदको गरिमा र महिमा कसरी बढ्न सक्छ र ?
सडकमा समस्या छन्, जनता सडकमा ओर्लिएर बिरोध गरिरहेका छन् । विद्यार्थी? शिक्षक, कर्मचारी, कृषक, मजदूर, सहकारी, मिटरब्याजदेखि लिएर सत्ता र समाजका अनेक समस्याहरू छन्, संसदमा बहस नै नगरेपछि कसरी निकास निस्कन्छ, कसरी समाजले चाहेजस्तो कानुन बन्छ, कार्यान्वयन हुन्छ होला ?
जनादेश लिएर आएका सांसदहरूले जनमतको घोर अपमान गरिरहेछन् ।