Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

यसवर्ष विदेशी पर्यटकको आगमन उत्साहजनक

२० मंगलबार , चैत्र २०८०४ महिना अगाडि

यसवर्ष विदेशी पर्यटकको आगमन उत्साहजनक

यसवर्ष नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । गत वर्षको तुलनामा यसवर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको हो ।

नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको तुलनामा यस वर्षमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको बताईएको छ । बोर्डको तथ्यांकअनुसार सन् २०२४ को मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७ सय ४१ ले वृद्धि भएको छ ।

बोर्डको तथ्यांकअनुसार गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् । जसमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । उक्त अवधिमा ३० हजार ६ सय ९८ भारतीय पर्यटक नेपाल आएका छन् ।

त्यसैगरी मार्च महिनामा चिनियाँ नेपाल आउने पर्यटकको सङ्ख्या १२ हजार ९३ रहेको छ । सोहि अवधिमा अमेरिकाबाट १० हजार ७ सय ७३ र बेलायतबाट ७ हजार २ सय ४१ जना, श्रीलङ्काबाट ५ हजार ७ सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्याण्डबाट ४ हजार ३ सय ४५, फ्रान्सबाट ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

जसअनुसार क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क)बाट ४० हजार ७ सय २७, एसिया (अन्य)बाट २८ हजार ६ सय ४८, यूरोपबाट २७ हजार ५ सय ८२, ओसनियाबाट ४ हजार ७ सय ८० जना , क्यानडा र अमेरिकाबाट १२ हजार ६ सय १४ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकले देखाएको छ ।

२०२४ को जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो ३ महिनामा २ लाख २७ हजार ७ सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२४ को पहिलो ३ महिनामा ३ लाख ४ हजार ६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोहि अवधिको भन्दा ३३.७८ प्रतिशतले बढी हो ।