Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध मुद्दा दायर

२० मंगलबार , चैत्र २०८०४ महिना अगाडि

वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध मुद्दा दायर

वैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल प्रमोद निरौलालाई घूससहित पक्राउ गरि मुद्दा दायर गरिएको छ । हिजो विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाहीको मागदाबी गर्दै निरौलाविरुद्ध मुद्दा दायर गरेको हो ।

ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूससहित पक्राउ गरिएका लेखापाल निरौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले गत फागुन २९ गते निरौलालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारले नियन्त्रणमा लिएसंगै उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको थियो । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले लेखापाल निरौलालाई गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो ।