Advertisement Banner
Advertisement Banner

१० सोमबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

अब एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने

२० मंगलबार , चैत्र २०८०३ बर्ष अगाडि

अब एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने

अब एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बन्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने गरी नीति बनाउने बताएका हुन् ।

हिजो ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बोल्दै मन्त्री अधिकारीले २०७७ सालमा नै एउटै व्यक्ति एउटै उद्देश्य भएका एकभन्दा बढी सहकारीमा बस्न नपाउने भनिएको भए पनि अहिले चारवटा भन्दा बढीमा रहेको भन्दै यसलाई नियन्त्रण गर्ने नीति ल्याइने बताएका थिए ।

मन्त्री अधिकारीले गलतलाई गलत र सहीलाई सही भन्ने प्रवृत्ति सरकाले मात्रै नभई सहकारी अभियन्ताले पनि पालना गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् । अहिले सहकारी भित्र देखिएका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटिबारे खोजी गर्न जरुरी रहेको पनि उनको भनाई रहेको थियो ।

मन्त्री अधिकारीले सहकारीसँग सरकार,सहकारी र सर्वसाधारण जोडिएकाले समस्या समाधान गर्ने सरकारको मात्रै दायित्व हो भन्ने दृष्टिकोण बनाउन नहुने बताउदै यसमा सबैले हातेमालो गर्न आवस्यक रहेको बताएका थिए ।