Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

महानगरपालिकाले नगर प्रहरीलाई तालिम दिन सुरु

१९ सोमबार , चैत्र २०८०४ महिना अगाडि

महानगरपालिकाले नगर प्रहरीलाई तालिम दिन सुरु

काठमाडौँ महानगरपालिकाले महानगरका नगर प्रहरीहरुलाई तालिम दिन सुरु गरेको छ । महानगरपालिकाले करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानहरुलाई तालिम दिन सुरु गरेको हो ।

गत असार २० मा सार्वजनिक सूचना प्रकाशन गर्दै महानगरले नगर प्रहरी नियुक्तिका लागि आवहान गरेको थियो । सोहिअनुसार महानगरले रक्षा र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रममा रहेका उम्मेदवारलाई करार सेवामा लिइएको थियो ।

महानगरपालिकाले थप गरेको ४४ जना नगर प्रहरीलाई तालिम दिन शुरु गरिएको र नगर प्रहरीलाई शारीरिक र सैद्धान्तिक गरी २ प्रकारका तालिम दिइने बताइएको छ । उनीहरुलाई यसअघि शारीरिक तालिम दिइ सकिएको छ ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सैद्धान्तिक तालिम १० दिनको हुनेछ भने आजदेखि हरेक दिन बिहान ७ बजेदेखि १० बजेसम्म तालिमको कक्षा संचालन गरिने र त्यसपछि उनीहरुलाई नियमित ड्युटीमा खटाइने बताईएको छ ।