Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

तीन विदेशीसहित २६ निर्माण कम्पनीलाई स्पष्टीकरण

१९ सोमबार , चैत्र २०८०४ महिना अगाडि

तीन विदेशीसहित २६ निर्माण कम्पनीलाई स्पष्टीकरण

सरकारले २६ वटा निर्माण कम्पनीलाई सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै स्पष्टीकरण सोधेको छ । ३ विदेशीसहित २६ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो ।

आज सार्वजनिक सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका ३ विदेशीसहित २६ वटा निर्माण कम्पनीलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिन भित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

यसअघि ३० दिनभित्र स्पष्टीकरण दिन पत्र पठाउँदा पनि ती व्यवसायीले अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण माग गरेको हो । 

स्पष्टीकरण माग गरिएका २६ निर्माण कम्पनीमध्ये भारतका २ र चीनको १ अन्तर्राष्ट्रिय र बाँकी २३ वटा नेपाली कम्पनी रहेका छन् । उक्त कम्पनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखी कारबाही गर्ने बताईएको छ ।