Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

पेट्रोलको मूल्य बढ्यो,घटेको ईन्धनको मूल्य घटाईएन

१९ सोमबार , चैत्र २०८०४ महिना अगाडि

पेट्रोलको मूल्य बढ्यो,घटेको ईन्धनको मूल्य घटाईएन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार मध्ये रातदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिदमुल्य आएसँगै निगमले नयाँ मुल्य निर्धारण गरेको बताईएको छ । नयाँ मूल्यअनुसार पेट्रोल लिटरमा ४ रुपैयाँले बढेको छ । तर डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्याँसको मुल्य घटेर आए पनि यथावत राखेको छ ।

पेट्रोलको मुल्य लिटरमा ४ रुपैयाँ ७६ पैसाले बढेर आएको निगमले जनाएको छ । निगमका अनुसार डिजेल र मटितेलमा प्रतिलिटर ३९ पैसा मूल्य घटेर आएको बताईएको छ । हवाई इन्धनमा प्रतिसिलिण्डर ३८ पैसा र एलपी ग्याँसमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ ।

पेट्रोलको मूल्य बढाएको आयल निगमले अरु घटेर आएको इन्धनको मुल्य नघटाइ यथावत राखिएको छ । पेट्रोलको बढेको मूल्यअनुसार काठमाडौंमा यसअघि १७१ रुपैयाँ पाइने पेट्रोलको मुल्य बढेर १७५ पुगेको छ ।