Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

अरुको नाममा एसइई दिने नक्कली परीक्षार्थी पक्राउ

१९ सोमबार , चैत्र २०८०४ महिना अगाडि

अरुको नाममा एसइई दिने नक्कली परीक्षार्थी पक्राउ

अरुको नाममा एसइई दिदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आइतबार सर्लाहीमा भिनाजुको नाममा परिक्षा दिदै गरेका जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

सर्लाहीको जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका-३ हरकठवा परीक्षा केन्द्रबाट  भिनाजुको नाममा परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेको बताईएको छ । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका बेला पकराउ परेका हुन् ।

नक्कली परीक्षार्थी महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको थियो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका-१ धोबिनयाँका विद्यार्थी हुन् ।

नक्कली परीक्षार्थी पक्राउ भएपछी राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिएका छन् । 

नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको बताईएको छ ।