Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भिटोफको बाह्रौं अधिवेशन सम्पन्न

१८ आइतबार , चैत्र २०८०७ महिना अगाडि

भिटोफको बाह्रौं अधिवेशन सम्पन्न

ग्रामीण क्षेत्रमा घरबास (होमस्टे) प्रवर्धन गर्दै पर्यटक भित्र्याउन क्रियाशील पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ)को बाह्रौं अधिवेशनले सम्पन्न भएको छ । अधिवेशन शकुन्तला देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाउदै सम्पन्न भएको हो ।

हिजो सम्पन्न मञ्चको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । अध्यक्ष शकुन्तला देवकोटाको नेतृत्वमा मञ्चको प्रथम उपाध्यक्षमा हरिशरण थपलिया र  मनहरि दाहाल,महासचिव चोपेन्द्रबहादुर खड्का,सचिव विनोद वस्ती, कोषाध्यक्ष रघुनाथ पौडेल र सहकोषाध्यक्षमा नवराज तिवारी निर्वाचित भएका थिए  । त्यसैगरी, सदस्यहरुमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्ज्वल अर्याल र सागर आचार्यलगायत रहेका छन् ।

मञ्चको अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कृत्रिम ठाउँ हेर्न पर्यटकको लाम लाग्ने गर्दा नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको अथाह पर्यटन सम्भावनाबाट लाभ लिन नसकेको बताए । उनले पर्यटकीय वातावरण, सुरक्षा र सुविधाप्रति पर्यटकलाई विश्वस्त पार्ने अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्नुपर्ने विचार व्यक्त गरेका थिए । साथै,अध्यक्ष दाहालले पर्यटन क्षेत्रका नीतिगत समस्या हटाएर प्रवर्धन गरे मात्र रोजगारी सिर्जना हुने र युवाको विदेश पलायन रोक्न सकिने बताए ।

एभिन्युज टेलिभिजनका कुमारप्रसाद चौलागाई सम्मानित

भिटोफको उक्त अधिवेशनले एभिन्युज टेलिभिजनका कुमारप्रसाद चौलागाई सम्मान गरेको छ । लामो समयदेखि पर्यटन क्षेत्रमा टेलिभिजन मार्फत बिबिध कार्यक्रमहरु प्रशारण गर्दै नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍यउदै आएका चौलागाई सम्मानित गरेको हो ।  

त्यसैगरी गाउँ पर्यटन पत्रकारिता पुरस्कारसहित छापामाध्यमतर्फ गोरखापत्रका नायब कार्यकारी सम्पादक केपी गौतम, अनलाइनतर्फ फुर्वा शेर्पा,फोटोतर्फ जनार्दन अर्याल एवं सुरेन्द्रभक्त प्रधानाङ्ग उत्कृष्ट गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट सनराइज नेपालका सम्पादक देवी पन्त पुरस्कृत भएका थिए ।

भिटोफले यसवर्षको उत्कृष्ट सामुदायिक घरबास पुरस्कार उदयपुरको त्रियुगा नगरपालिका-१३ को बहेडवा सामुदायिक थारु होमस्टेलाई प्रदान गरेको छ ।