Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाउँदै

१८ आइतबार , चैत्र २०८०७ महिना अगाडि

इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाउँदै

आज नेपाल लगायत विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डे मनाउँदै छन् । इसाई धर्मावलम्बीले इस्टर सन्डेको अवसरमा नेपालको संघीय राजधानी काठमाडौँ लगायत बिभिन्न स्थानमा र्‍याली सहितको कार्यक्रमको आयोजना गरि इस्टर सन्डे मनाउन लागेका हुन् ।

काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट निकालिएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । यशुलाई क्रुसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइने गरिएको पाईन्छ ।

इसाई धर्माको बाइबलमा उल्लेख भए अनुसार २ हजार वर्ष पहिला शुक्रबारको दिन यशुलाई जेरुसेलमको पहाडमा क्रसमा चढाइएको थियो र त्यसको तेस्रो दिन आईतबार यशु पुनरुत्थान भएका थिए । सोहिअनुसार इस्टर सन्डेलाई यशुको पुनरुत्थान भएको दिनको रूपमा पनि लिने गरिएको हो ।

यसरी विश्वभरका इसाई धर्मावलम्बीले इस्टर सन्डेमा पुनरुत्थान भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समयकालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको बाइबलमा उल्लेख गरिएको छ ।