Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज टी-२० फ्रेन्डशिप कपमा नेपालले गुजरातसँग खेल्ने

१८ आइतबार , चैत्र २०८०२ बर्ष अगाडि

आज टी-२० फ्रेन्डशिप कपमा नेपालले गुजरातसँग खेल्ने

आजदेखि शुरु शुरु हुने त्रिकोणात्मक टी-२० फ्रेन्डशिप कपमा नेपाल र गुजरात खेल्दै छन् । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी-२० फ्रेन्डशिप कपको पहिलो खेल नेपाल र गुजरात खेल्ने भएका हुन् ।

आज दिउँसो १:१५ बजेपछि शुरु हुने त्रिकोणात्मक टी-२० फ्रेन्डशिप कपमा नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । त्यसैगरी नेपालले बरोडासँग चैत्र २३ गते खेल्ने समय तालिका रहेको छ । त्रिकोणात्मक टी-२० फ्रेन्डशिप कपको फाइनल खेल चैत्र २५ गते हुनेछ । नेपाल क्रिकेट संघले यसअघि उक्त खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

रोहितको कप्तानीमा नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, आकाश चन्दलगायत खेलाडी सहभागी हुनेछन ।