Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोका कारण बेँसी सहर-चामे सडक अवरुद्ध

१८ आइतबार , चैत्र २०८०७ महिना अगाडि

पहिरोका कारण बेँसी सहर-चामे सडक अवरुद्ध

केहि दिन देखिको मौसम परिवर्तन संगै परेको वर्षाका कारण पहिरो जाँदा मनाङलाई जोड्ने एक मात्र यस सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले बेँसी सहर-चामे सडक अवरुद्ध भएको हो ।

वर्षाका कारण पहिरो गएपछि बेँसी सहर-चामे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ । लमजुङदेखि मनाङलाई जोड्ने एक मात्र सडक खण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ श्रीचौरमा वर्षासँगै पहिरो गएको र सडक अवरुद्ध भएको बताईएको छ ।

पहिरोका कारण सवारीसाधन रोकिएकाले यात्रुलाई समस्या भएको र पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताईएको छ ।