Advertisement Banner
Advertisement Banner

०७ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

निजी विद्यालयको नाम नेपालीकरण गर्न आग्रह

१६ शुक्रबार , चैत्र २०८०७ महिना अगाडि

निजी विद्यालयको नाम नेपालीकरण गर्न आग्रह

काठमाडौं महानगरपालिकाले एक महिनाको अल्टिमेटम दिएर निजी विद्यालयको नाम नेपालीकरण गर्न आग्रह गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै निजी विद्यालयलाई नेपालीमा नाम राख्न एक महिना समय दिएको हो ।    

महानगरपालिकाको शिक्षा विभागद्वारा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न प्रक्रिया अघि बढाएर एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेश गर्न महानगर भित्रका सबै विद्यालयलाई विभागले अनुरोध गरेको छ ।

अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै महानगरपालिले शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० अनुसार नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।

त्यसैगरी महानगरपालिकाले बिहीबार नै अर्को सूचना जारी गर्दै भाडामा लगाएका सामुदायिक विद्यालयको सम्पत्तिको कागजपत्र ७ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ । सूचनामा विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको भए उक्त निर्णय र सम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउन आग्रह गरेको छ ।